NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस रिप्रिजेन्टेटिभबाटबाट पारित भएको छ । २५ औं संशोधनमार्फत ट्रम्पलाई महाअभियोग लगाउनका लागि सदनले प्रस्ताव पारित गरेको हो । गत हप्ता अमेरिकी सांसद क्यापिटल बिल्डिङमा भएको हिंसाको अरोप लागेपछि ट्रम्पलाई महाअभियोग लगाउने तयारी अघि बढेको हो । सदनमा २५ औं संशोधनमार्फत ट्रम्पलाई हटाउनेबारे मतदान हुनु केही अघिमात्रै उपराष्ट्रपति माइक पेन्सले ट्रम्पलाई उक्त संशोधनमार्फत हटाउने योजनामा आफू सहमत नभएको चिठी पठाएका थिए । रिपब्लिकन सांसद पनि राजी रिपब्लिकन पार्टीका वरिष्ठ सांसदहरू पनि महाअभियोगको लागि भोट गर्न राजी भएका छन् । हाउस अफ रिप्रेजेन्टेटिभका तेस्रो वरिष्ठ रिपब्लिकन सांसद लिज चेनीले महाअभियोगमा साथ दिने जनाएकी छिन् । महाअभियोग प्रस्तावको आज बुधबार पनि भोटिङ हुने जनाइएको छ । गत हप्ता अमेरिकी सांसद क्यापिटल हिल्समा भएको हमलाप्रति ट्रम्पले कुनै जिम्मेवारी वहन नगर्दा पाँचजनाको ज्यान गएको थियो । उक्त घटनामा राष्ट्रपति ट्रम्पको उक्साहट रहेको आरोप डेमोक्र्याटहरूले लगाएका छन् । हाल सदनमा डेमोक्र्याटहरूको बहुमत रहेका कारण ट्रम्प अमेरिकी इतिहासमा दोस्रो पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति दरिन सक्छन् । यदि ट्रम्पलाई महाअभियोग लागेमा सिनेटले उनलाई दोषी ठहराउनका लागि ट्रायल गर्छ । त्यसको लागि सदनको अपर हाउसबाट दुई तिहाइ बहुमत आवश्यक पर्छ । त्यसमा कम्तीमा पनि १७ जना रिपब्लिकनको भोट चाहिन्छ । न्यूयोर्क टाइम्सका अनुसार २० जना वरिष्ठ रिपब्लिकन सिनेटरहरू महाअभियोगको लागि भोट गर्न तयार छन् । तर, यसबारे फैैसला कहिले हुन्छ भन्ने स्पष्ट छैन । जनावरी २० मा औपचारिक रुपमा जो बाइडनले राष्ट्रपतिको शपथ लिनेछन् । पूर्व उप राष्ट्रपति डिक चेनेकी छोरीसमेत रहेकी सिनेटर चेनीसहति अन्य दुई रिपब्लिकन जोन काटको र एडम किनजिन्जरले पनि महाअभियोगको लागि भोट गर्ने जनाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष