कोरोना महामारीका कारण ४६ प्रतिशत उद्योग व्यवसाय अझै बन्द

काठमाडौं । कोरोना महामारीको मारमा परेर ४६ प्रतिशत उद्योग व्यवसाय अझै बन्द अवस्थामा रहेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले गरेको अध्ययन अनुसार गत असारसम्म ६१ प्रतिशतभन्दा बढी उद्योग बन्द थिए । पुससम्म आउँदा ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कोरोनाका कारण अर्थतन्त्रमा परेकोमा प्रभावका विषयमा बैंकले गरेको गरेको ‘फलोअप सर्वेक्षण’ प्रतिवेदनले असारको तुलनामा उद्योग–व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायीक कारोबारमा सुधार आएको देखाएको हो । गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन–कारोबार स्थिति अहिले ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० बाट ८७.५१ प्रतिशत पुगेको छ ।महामारी र लकडाउनका कारण अझै पनि १२ प्रतिशतभन्दा बढी जनसंख्या रोजगारीमा फर्किन नसकेको र उत्पादनमा अपेक्षाकृत सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रुपमा संचालनमा आउन थालेको जनाइएको छ । कोरोनाका कारण बन्द भएका होटल व्यवसाय मध्ये २९ प्रतिशत सञ्चालनमा आएका बैंकको तथ्यांकमा उल्लेख छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया