माधव नेपाल भन्छन् : हामी ‘केपी कमरेड’का पक्षमा, उहाँ ‘केपी बा’को पक्षमा

नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफूहरु केपी ओलीको पक्षमा भए पनि केपी ओलीले आफूलाई ‘बा’ का रुपमा उभ्याउँदा समस्या आएको बताएका छन् । नेकपा काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै नेपालले ओलीको ‘बा’ प्रवृत्तिले नै समस्या ल्याएको बताए । ‘हामी केपी कमरेडको पक्षमा थियाैं । तर, उहाँ केपी बाको पक्षमा उभिरहनुभयाे । उहाँको पाउ छुनु पर्ने, बा भन्नु पर्ने, पार्टी स्थायी समितिका उहाँभन्दा जेठो सदस्यले पनि उहाँको खुट्टा पैताला छुँदा रहेछन्’ नेपालले भने, ‘हामी यही बा प्रवृत्तिविरुद्ध लागेका हौं । कुनै व्यक्तिको विरुद्ध होइन ।’ विधि स्थापित हुनुपर्ने ठाउँमा व्यक्तिवादमा ओली हावी भएकोले समस्या आएको उनको भनाई छ । आफूहरु ओलीको अनुहार हेरेर राजनीतिमा नलागेको भन्दै कम्युनिष्ट सिद्धान्तप्रति आस्थावान भइरहने बताए । ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेकोले आफूहरु एक भएर अघि बढेको नेपालले बताए । संविधानमाथि हमला गरिएकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको उनको भनाई छ । ओलीको कू पूर्व राजा ज्ञानेन्द्रको जस्तै भएको नेपालले बताए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया