आदेश नै बहुमत र अल्पमतमा आउने सम्भावनापछि शुक्रबारका लागि नयाँ पेसी

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्चमा सुनुवाइ भइरहेको मुद्दाको आगामी पेसी शुक्रबारका लागि तोकिएको छ । संवैधानिक परिषद्को बुधबारको इजलासमा न्यायाधीशबीच नै मतान्तर भएर आदेश नै बहुमत र अल्पमतमा आउने सम्भावना देखिएपछि पर्सिका लागि नयाँ इजलास तोकिएको हो । आजको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, विश्वम्वरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हाले प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा किन नलाने भनेर प्रश्न गरेका थिए । मुद्दामाथि सरकारी पक्षबाट अग्नि खरेल र सुशिल पन्तले संवैधानिकबाट अन्त लान नमिल्ने बहस गरेपछि प्रतिउत्तरमा उनीहरूले यस्तो प्रश्न गरेका थिए । आफैंले गरेको आदेश नै बहुमत र अल्पमतमा आउने सम्भावना भएपछि नयाँ पेसी तय गरिएको हो । आजको इजलासमा रमन श्रेष्ठ, सम्भु थापा, कृष्णप्रसाद भण्डारी लगायतका वरिष्ठ अधिवक्ताले संविधानसँगमात्र होइन कानून, अन्तर्राष्ट्रिय परम्परा र नजिरका कारण पनि प्रतिनिधि सभा विघटनको मुद्दा बृहतमा लैजानुपर्ने तर्क गरेका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया