गत वर्ष तीनै तहको सरकारको ७ खर्ब बजेट फ्रिज

काठमाडौं । गत आर्थिक वर्ष २०७६७७ मा तीनै तहका सरकारको गरेर करिब सात खर्ब रुपैयाँ बजेट फ्रिज भएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७६७७ को तीनै तहका सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अनुसार गत आवमा संघ प्रदेश र स्थानीय तहको ६ खर्ब ९८ अर्ब ९६ करोड रुपैयाँ फ्रिज भएको हो । गत वर्ष तीनै तहका सरकारको बजेट तथा खर्चमा दोहोरो परेको रकम हटाए पश्चात कुल बजेट १८ खर्ब ९० अर्ब १ करोड र कुल खर्च ११ खर्ब ९१ अर्ब पाँच करोड रुपैयाँ थियो । यता संघिय सरकारको राजस्व संकलन भन्दा खर्च बढी देखिएको छ । संघीय सरकारको खर्च १० खर्ब ९१ अर्ब १३ करोड रहेकोमा राजस्व संकलन ८ खर्ब ३१ अर्ब २४ करोड रुपैयाँ थियो । राजस्व संकलन भन्दा खर्च २.४९ प्रतिशतले धेरै हो । यस अवधिमा आन्तरिक ऋण र वैदेशिक लगानी क्रमशः १० खर्ब ४७ अर्ब २३ करोड र १ खर्ब ९४ अर्ब ९० लाख रुपैयाँ थियो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया