सगरमाथामा दाबी गर्ने भारतीय पत्रकारले कालापत्थरमा के–के गरे ? पाइलटसँगको कुराकानी

काठमाडौं । गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चारमाध्यम जी न्यूजमा दिएको अन्तर्वार्ता यतिबेला चर्चाको विषय बनेको छ । उक्त अन्तर्वार्ता चर्चामा आउनुको कारण प्रधानमन्त्री ओली मात्रै होइनन् । अन्तर्वार्ता प्रसारण भएको भोलिपल्ट उक्त अन्तर्वार्ता लिने टोलीले कालापत्थर क्षेत्रमा पुगी सगरमाथामाथि भारतको दाबी हुनुपर्छ भन्ने कार्यक्रम प्रस्तुत गरेको थियो । मंगलबार राती जी न्यूजबाट ‘सगरमाथामाथि भारतको दाबी हुनुपर्छ’ भन्ने अभिव्यक्तिसहितको कार्यक्रम प्रसारण भएसँगै प्रधानमन्त्रीको अन्तर्वार्ता र त्यसपछिका घट्नाक्रमहरुले चर्चा पाएका छन् । अन्तर्वार्ताकै दिन बिहान सिम्रिक एयरको हेलिकप्टरमा माउन्टेन फ्लाइटको लागि गएका जी न्यूजका पत्रकार सुधीर चौधरीले सगरमाथालाई भारतीय दाबी गर्नुपर्ने भन्दै हालेको भिडियो यतिबेला विवादित छ । प्रधानमन्त्री ओलीको सहयोगमा बेस क्याम्प पुगेका चौधरीको टोलीले कालापत्थरमा २० मिनेट समय गुजारे । जब कि, अन्यलाई ५ मिनेटको समय दिइन्छ । चौधरीको टोलीलाई माउन्टेन फ्लाइटमा लगेका सिम्रिक एयरका पाइलट सिद्धार्थ गुरुङसँग नेपालवाचले गरेको कुराकानीको सम्पादित अंश । भारतीय पत्रकारको टोलीलाई माउन्टेन फ्लाइटमा लगिएको विषय यतिबेला विवादमा छ । कहिले जानुभएको थियो ? यात्राबारे विस्तृतमा बताइदिनुस् न । प्रधानमन्त्रीको अन्तर्वाता भएको दिन आइतबार बिहान भारतीय पत्रकार सुधीर चौधरी र अन्य दुईजनाको टोलीलाई माउन्टेन फ्लाइटको लागि लगेका हौं । एभरेष्ट बेस क्याम्पको एक फन्को लगाएपछि कालापत्थरमा हेलिकप्टर ल्यान्ड भयोे । कालापत्थरमा उनीहरुले २० मिनेट समय बिताएपछि होटल एभरेष्ट भ्यूमा लग्यौं । त्यहाँ ब्रेकफास्ट गरेपछि उनीहरु फर्किएका हुन् । हामीले सामान्य माउन्टेन फ्लाइटको लागि लगेका हौं । सगरमाथा दाबी गरिएको विषयमा उनीहरूले त्यहाँ बोलेका थिए ? कालापत्थरमा ल्याण्ड गरेपछि हामी हेलिकप्टरभित्रै हुन्छौं । हामी बाहिर निस्कन मिल्दैन । यात्रुलाई ५ मिनेटको लागि त्यहाँ बाहिर निस्किएर अवलोकन गर्ने समय दिइन्छ । त्यतिबेला बाहिर उनीहरुले के–के बोले भन्नेबारे हामीलाई थाहा हुँदैन । उनीहरू कालापत्थरमा कति समय बसे ? कालापत्थरमा उनीहरू त्यस्तै १५२० मिनेटजति बसे । त्यसपछि स्याङबोचे भन्दा माथि रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्टको लागि लगियो । भिडियो खिच्नका लागि ठूलो क्यामेरा पनि साथमा लगेका थिए ? क्यामेरा लगेकोबारे ठ्याक्कै थाहा भएन । मोबाइलले चाहीं दृश्य खिचिरहेका थिए । उनीहरू पुगेको स्थानमा सामान्य नेपाली नागरिक पनि जान पाउँछन् ? त्यहाँ आम नेपाली तथा विदेशी नागरिक सबै जान पाउँछन् । हेलिकप्टरमार्फत एभरेष्टको माउन्टेन फ्लाइटमा जाने स्थान नै त्यही हो । अहिले कोभिडको कारणले त्यत्ति गएका छैनन् । सबैलाई हामीले त्यहाँ लगेर ब्रेकफास्ट गराएर फर्र्काउने गरेका छौं । यो त रुटिनजस्तै हो । उनीहरूको माउन्टेन फ्लाइटको व्यवस्था सरकारले नै मिलाएको हो ? यसको बारेमा हामीलाई जानकारी हुँदैन । यो पाटो मार्केटिङले हेर्छ । माउन्टेन फ्लाइटको लागि कति बजे उड्नुभयो ? फर्किदाँ कति बजेको थियो ? त्रिभुवन विमानस्थलबाट माउन्टेन फ्लाइटको लागि विहान ९ बजेर १० मिनेटमा उडेका थियौं । ब्रेकफास्टमा डेढ घण्टा समय बितायौं । ब्रेकफास्ट गर्दा होटलबाट पनि सगरमाथाको फोटोभिडियो खिचेका थिए ? त्यहाँ त्यस्तो केही पनि भएन । ब्रेक फास्ट पछि सामान्य कुराकानी गरेर फर्किएका हन् । देखिनेगरी ट्राइपोड राखेर खिचेका थिएनन् । कालापत्थरमा सुरक्षाकर्मी हुन्छन् कि हुँदैनन् ? उनीहरूको सुरक्षा चेकिङ भयो ? कालापत्थरमा सुरक्षाकर्मी हुँदैनन् । उनीहरुको सुरक्षा चेकिङ हुने भनेको विमानस्थलमै हो । त्यहाँ पुगेपछि सुरक्षाकर्मी हुने भनेको नाम्चेमा हो । त्यति माथिसम्म सुरक्षाकर्मी बस्न सक्दैनन् । होटल एभरेष्ट भ्यूमा पुग्दा उनीहरुको पर्मिट काट्नका लागि त्यहाँ निकुञ्जका कर्मचारी आफैं पुगेका थिए । अन्य नागरिकको हकमा भने आफैं निकुञ्ज जानुपर्छ । सामानयतया उडान अनुमतिको प्रक्रिया के हुन्छ ? त्यहाँ घुम्न जानका लागि गृहको अनुमति लिनुपर्छ कि पर्दैन ? माउन्टेन फ्लाइट जानु अधा घण्टा अघि खबर गरेर नागरिक उड्ययन प्राधिकरणबाट अनुमति लिने हो । निषेधित क्षेत्र नभएको हुनाले गृहको अनुमति लिनु पर्दैन । कालापत्थर ल्याण्ड गर्नुअघि सगरमाथा एक राउन्ड लगाउने हो ? सगरमाथा एक राउन्ड गर्ने होइन । बेस क्याम्पलाई एक फन्को लगाएर कालापत्थरमा ल्यान्ड गर्ने हो । सामान्यता माउन्टेन फ्लाइट गर्दा स्याङबोचेबाट माथि गएर चोलापास हुँदै एभरेस्ट पु¥याउने हो । चोलापास सबै नेपालकै क्षेत्र पर्छ । मिडियामा भनेजस्तो सगरमाथाको पूरै फन्को मारेको होइन । त्यसो गदा चीनको भू–भागभित्र पुगिन्छ । प्रधानमन्त्रीले निमन्त्रणा गरेका हुँदा उनीहरुलाई अलि बढी प्राथामिकता दिइएको हो ? हाल माउन्टेन फ्लाइटमा जाने कोही पनि विदेशी नभएको अवस्था हुँदा उनीहरुलाई अन्यभन्दा अलि बढी समय दिइएको हो । अरुलाई ५ मिनेट समय दिइन्थ्यो भने उनीहरुले कालापत्थरमा २० मिनेट समय बिताएका थिए । सँगै बसेको समयमा उनीहरु बढी के कुरामा केन्द्रित थिए ? त्यस्तो खासै केही पनि थिएन । यात्रा अवधीभर हिमाल हेर्न पाएर दंग थिए । याे पनि पढ्नुस् सगरमाथाबारे विवादित कार्यक्रम बनाउने भारतीय पत्रकारलाई सरकारकै खर्चमा सगरमाथा लगियो
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया