गण्डकी प्रदेशद्वारा तीन होमस्टेलाई २४ लाख अनुदान

पोखरा । गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । होमस्टेका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गलकोट नगरपालिका–६ भुजुंगेस्थित ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’, काठेखोला गाउँपालिका–३ को ‘बेलढुंगा सामुदायिक होमस्टे’ र जैमिनी नगरपालिका–१० स्थित ‘हाँडीकोट सामुदायिक होमस्टे’ छनोटमा परेका हुन् । ती होमस्टका सञ्चालक परियोजना कार्यान्वयनका लागि मन्त्रालयसँग सम्झौताको तयारीमा छन् । प्रत्येक होमस्टलाई आठ लाख रुपैयाँका दरले अनुदानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । अनुदान रकम पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्दनको काममा खर्च गरिनेछ । ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’का अध्यक्ष कमला श्रीसले यस वर्ष पदमार्ग निर्माणको योजना रहेको जानकारी दिए । ‘गाउँभित्रै एक घरदेखि अर्को घर जोड्ने गरी पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउँदैछौँ’, उनले भने । गत वर्ष पनि प्रदेश सरकारको रु १० लाख बजेटबाट सामुदायिक भवन निर्माण गरिएको थियो । उक्त भवन अहिले होमस्टमा आउने पाहुनाको स्वागत र सांस्कृतिक कार्यक्रमका लागि प्रयोगमा ल्याइएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया