NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान डराउन हुँदैन : नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उनको भनाइ छ । फिदिम नगरपालिकाको आठौं नगरसभाको बुधबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको बताएका छन् । ‘पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ?’, उनले प्रश्न गरे, ‘पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने? त्यसैले जनतामा जानुपरेको हो ।’ अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले निर्वाचनमा जाने कामले कसरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समस्यामा पा¥यो भन्ने प्रश्न गरेका थिए । उनले, ‘मुलुक डुब्ने, प्रतिगमन हुने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रमले निर्वाचन रोकिदैन ।’

ताजा अपडेट

नेपालवाच विशेष