NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

पर्यटन विकासका लागि प्रदेशहरूले छुट्याएकाे ३ अर्ब बजेट फ्रिज

काठमाडौं । पर्यटन क्षेत्रको विकासका लागि प्रदेशहरूले विनियोजन गरेकाे झण्डै तीन अर्ब रुपैयाँ बजेट ‘फ्रिज’ भएको छ । गत आर्थिक वर्ष ०७६/०७७ मा सातै प्रदेशले पर्यटन क्षेत्रका लागि विनियोजन गरेको बजेटमध्ये २ अर्ब ८० करोड ८६ लाख ४२ हजार बजेट ‘फ्रिज’ भएको हो । सबैभन्दा बढी बजेट फ्रिज बागमती प्रदेशमा भएको छ । बागमतीमा १ अर्ब २२ करोड रुपैयाँ बजेट फ्रिज भएको छ । कुन प्रदेशमा कति बजेट फ्रिज ? आफ्नो क्षेत्रको पर्यटन विकासका लागि गत आवमा प्रदेश १ ले १ अर्ब ५० करोड १५ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ७० करोड मात्रै खर्च भयो । बाँकी ८० करोड १५ लाख फ्रिज भएको छ । प्रदेश २ मा गत आवमा विनियोजित १ अर्ब रुपैयाँ बजेटमध्ये ७१ करोड बजेट खर्च हुन सकेन । त्यस्तै, बागमती प्रदेशमा गत आवमा १ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । त्यसमध्ये ४३ करोड मात्रै खर्च भयो । बाँकी १ अर्ब २२ करोड रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष ०७६/०७७ मा सातै प्रदेशले पर्यटन क्षेत्रका लागि विनियोजन गरेको बजेटमध्ये २ अर्ब ८० करोड ८६ लाख ४२ हजार बजेट ‘फ्रिज’ भएको हो । गण्डकी प्रदेशमा गत आवमा ५४ करोड ३३ लाख बजेट पर्यटन क्षेत्रका लागि विनियोजन गरिएको थियो । त्यसमा २० करोडमात्रै खर्च भएर बाँकी ३४ करोड ३३ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । लुम्बिनी प्रदेशले दिएको जानकारी अनुसार गत आवमा पर्यटन विकासका लागि उक्त प्रदेशले ७६ करोड ५ लाख बजेट विनियोजन गरेको थियो । तर, विनियोजित बजेटको ४७ करोड ५५ लाख रुपैयाँमात्र खर्च हुन सक्यो । बाँकी २८ करोड ४५ लाख रुपैयाँ बजेट फ्रिज भयो । यसैगरी कर्णाली प्रदेशमा विनियोजित ५९ करोड बजेटमध्ये ३३ करोड ६ लाख ५८ हजार खर्च भएर बाँकी २५ करोड ९३ लाख ४२ हजार रुपैयाँ बजेट फ्रिज भएको छ । विनियोजित बजेट र खर्च स्थिति हेर्दा गत आवमा सातै प्रदेशमा पर्यटन विकासका काम ठप्पप्रायः देखिन्छ । यसका लागि प्रदेशहरूले कोरोना महामारी कारण देखाएका छन् । गत वर्ष ४५ करोड बजेट सुदूरपश्चिम प्रदेशले आफ्नो क्षेत्रको पर्यटन विकासका लागि छुट्याएको थियो । तर, त्यसमध्ये १६ करोड खर्च भयो भने बाँकी २९ करोड फ्रिज भयो । पर्यटन विकास ठप्प विनियोजित बजेट र खर्च स्थिति हेर्दा गत आवमा सातै प्रदेशमा पर्यटन विकासका काम ठप्पप्रायः देखिन्छ । यसका लागि प्रदेशहरूले कोरोना महामारी कारण देखाएका छन् । प्रदेश २ मा पर्यटन क्षेत्रका लागि गत आवमा कुनै पनि कार्यक्रम हुन नसकेको उक्त प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी बेचनकुमार महतोले बताए । ‘कोरोना महारमारी सुरु हनेवित्तिकै अर्थ मन्त्रालयले बजेट सरेन्डर गर भनिदियो, त्यसपछि काम ठप्प भयो,’ उनले भने । गत आवमा तीन अर्ब बजेट फ्रिज गरेका प्रदेशहरूले चालू आवमा करिब साढे पाँच अर्ब रुपैयाँ बजेट पर्यटन विकासमा विनियोजन गरेका छन् । चालू आवमा सातै प्रदेशले पर्यटन विकासका लागि पाँच अर्ब ४४ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् । गण्डकी प्रदेशमा कोरोना महामारीका कारण योेजनामा रहेका पदमार्गलाई ‘डिजिटलाइज’ गराउने, होमस्टेको क्षमता वृद्धि विकास गराउने लगायतका दर्जनौं काम प्रभावित भएको उक्त प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखाका अधिकृत दुर्गास्रिस मगरले बताए ।कोरोना महामारीका कारण विकास तथा पूर्वाधार निर्माणका काम हुन प्रभावित हुँदा बजेट फ्रिज भएको सातै प्रदेशका अधिकारीहरूको निश्कर्ष छ । यस्तो छ चालू आवमा प्रदेशहरूको बजेट गत आवमा तीन अर्ब बजेट फ्रिज गरेका प्रदेशहरूले चालू आवमा करिब साढे पाँच अर्ब रुपैयाँ बजेट पर्यटन विकासमा विनियोजन गरेका छन् । चालू आवमा सातै प्रदेशले पर्यटन विकासका लागि पाँच अर्ब ४४ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् । चालू आव २०७७/७८ मा पर्यटन पूर्वाधार विकास लागि प्रदेश १ ले एक अर्ब ५० करोड ९० लाख बजेट विनियोजन भएको छ भने सामान्य कार्यक्रम तथा अध्ययन अनुसन्धानका लागि ४ करोड २० लाख २५ हजार रुपैयाँ बजेट छुट्याइएको छ । पर्यटन पूर्वाधार विकास अन्तर्गत मुन्धुम ट्रेल, पार्क निर्माण, सहिद स्मारक, पदमार्गलगायतका विकासका कार्यक्रम छन् । त्यस्तै, चालू आवका लागि पर्यटन विकासमा प्रदेश २ ले ९० करोड रुपैयाँ बजेट छुट्याएको छ । मठमन्दिर निर्माण, पर्यटकीय पूर्वाधार निर्माण–मर्मत–सौन्दर्यीकरण, अध्ययन, अनुसन्धान, विस्तृत आयोजना प्रतिवेदन (डिपीआर, गुरुयोजना तयारीलगायतका काम यस वर्षको कार्यक्रम अन्तर्गत छन् । तर, उक्त प्रदेशमा हालसम्म पर्यटनका कुनै पनि कार्यक्रम सुरु भएका छैनन् । कोरोना महामारीका कारण कार्यविधि बन्न ढिला हुँदा काम सुरु हुन नसकेको मन्त्रालयको भनाइ छ । बागमती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि चालू आवमा १ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीका अनुसार यो वर्ष रसुवा, दोखाला, काठमाडौं उपत्यका, नुवाकोटलगायतमा हाइकिङ पूर्वाधार निर्माण गरिएको छ । उनका अनुसार यतिबेला भ्यू टावरको निर्माण, सिन्धुपाल्चोक र सिन्धुलीमा प्राकृतिक स्विमिङ पुल, हिलस्टेसन, शैलुङ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलगायतका कामहरू निर्माणका क्रममा छन् । गण्डकी प्रदेशमा चालू आवको पर्यटन बजेट ३६ करोड ४३ लाख रुपैयाँ छ । उक्त बजेटबाट पर्यटन पूर्वाधार विकासको लागि ५ करोड ६९ लाख, होेमस्टेको क्षमता अभिवृद्धि तथा पूर्र्वाधार विकासको लागि १३ करोड ३० लाख, प्रदेशको १ सय १० वटा प्रमुख पर्यटकीय गन्तव्यस्थलको पूर्वाधार विकासका लागि १३ करोड ३० लाख, पर्यटन क्षत्रेका मजदूूर तथा व्यवसायीको राहतको लागि २० करोड ५ लाख, रत्न मन्दिर सञ्चालनका लागि १ करोड, पर्यटकीय गन्तव्यको डिपिआर निर्माणका लागि ६० लाख रुपैयाँ बजेट छ्ट्याइएको छ । लुम्बिनी प्रदेशले पर्यटन विकासका लागि ७० करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट रिडि खोला नियन्त्रण, पर्यटकीय पूर्वाधार विकास, बाँकेमा पार्क निर्र्माण, नुवाकोटगढीमा पर्यटकीय पूर्वाधार, पदमार्ग लगायतका ८२ वटा साना योजनाका कार्यक्रम गरिने प्रदेश मन्त्रालयले जानकारी दिएको छ । यसैगरी कर्णाली प्रदेशले चालू आवमा पर्यटन विकासका लागि १८ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेटबाट रारा ताल वरपर साइकल लेन निर्माण गर्ने, सुर्खेतमा बुलबुले ताल विस्तार तथा आसपासमा थप संरचना निर्माण गर्ने तथा पर्यटक आकर्षित गर्ने खालका पार्क, बोटानिकल गार्डेन लगायतका काम गर्ने योजना रहेको प्रदेश मन्त्रालयका सूचना अधिकारी शेर बहादुर रोकायाले बताए । सुदूरपश्चिम प्रदेशले ६० करोड रुपैयाँ बजेट चालू आवमा पर्यटन विकासका लागि विनियोजन गरेको छ । चारवटा मुख्य पर्यटन कोरिडोर विकास कार्यक्रमअन्तर्गत पर्यटन विकासका काम अघि बढिरहेको प्रदेश मन्त्रालयका सूचना अधिकारी भरत प्रसाद श्रेष्ठले बताए । उक्त कोेरिडोर निर्माणको लागि मात्रै १६ करोड रुपैयाँ बजेट विजियोजन भएको छ । झुलाघाट, फोड्पे बझाङ पर्यटन विकास कार्यक्रम, धनगढी गुडर घटालबाबा, उग्रतारा, सिगास, बझाङ, उरैभन्ज्याङ पर्यटक विकास कार्यक्रम, खक्रौला, टिकापुसर, कर्णाली, मंगलशेल, रामारोशन, बडिमालिका पर्यटन विकास कार्यक्रम, खुटिया, बीपिनगर, तेलेलेक, दिपायाल, शिलगडी, खप्तड पर्यटन विकास कार्यक्रम अन्तर्गत कोरिडोर निर्माणका काम उक्त बजेटबाट भइरहेका मन्त्रालय बताउँछ । यसबाहेक भ्यू टावर निर्माण, धार्मिक, सांस्कृतिक पर्यटन विकास कार्यक्रम, एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य निर्माण, एतिहासिक कोट दरबार संरक्षण, प्रादेशिक पर्यटकीय गुरुयोजना लगायतका काम यस वर्षको कार्यक्रम अन्तर्गत छन् ।

ताजा अपडेट

नेपालवाच विशेष