NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रचण्ड र नेपाललाई देउवाको जवाफ : तपाईंहरूसँग सहकार्य हुँदैन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको प्रचण्ड–नेपाल समूहसँग सहकार्य हुन नसक्ने बताएका छन् । बुधबार साँझ आफूसँग भेट गर्न आएका नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसँग देउवाले यस्तो बताएका छन् । भेटमा देउवासँग प्रचण्ड र नेपालले केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै मिलेर जान गरेको प्रस्तावलाई देउवाले तत्काल अस्वीकार गरेका हुन् । ‘उहाँहरुले संसद पुनर्स्थापनामा एजेण्डा बनाएरु सयुक्त आन्दोलन गरौं । राजनीतिक सहकार्य गरौं भन्नुभयो’ भेटमा सहभागी नेता रमेश लेखकले भने, ‘हामीले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक छ भन्दै आएका छौं भनेर सभापतिले भन्नुभयो । तर, संयुक्त आन्दोलनका विषयमा केन्द्रीय समितिमा छलफल जारी रहेको र अदालतले गर्ने निर्णयलाई मान्छौं भन्ने अहिलेसम्मको कुरा हो भन्नुभएको छ ।’ प्रतिनिधिसभा विघटनपछि अदालतमा पुगेको मुद्दामा यसो गर उसो गर भन्नु जाति नहुने देउवाले प्रष्टै बताएका थिए । संयुक्त आन्दोलन हुँदैन भेटमा प्रचण्ड र नेपालले संयुक्त आन्दोलन गरेर जानुपर्ने बताएका पनि देउवाले आफ्नै हिसाबले आन्दोलन गर्ने बताए । ‘सभापतिले आन्दोलन संयुक्त हुन सक्दैन । आफ्नै किसिमले आन्दोलन गर्छौ भन्नुभएको छ । किनकी यो विघटन कम्युनिष्ट पार्टीले गरेको गरेको हो । विघटन गर्ने पार्टीसँग हामी कसरी आन्दोलनमा संयुक्त जान सक्छौं भन्ने सभापतिकै प्रष्ट कुरा थियो?’ लेखकले भने, ‘केपी ओली नेकपाकै अध्यक्ष आफैं भइरहेको दाबी गर्दै हुनुहुन्छ । प्रचण्ड नेपाल समूहले पनि ओलीलाई अझैसम्म केन्द्रीय सदस्य मानिरहेको छ । यसरी एउटै दलमा रहेकाहरुसँग कसरी आन्दोलनमा जाने भन्ने सभापतिको कुरा छ ।’ भेटमा नेताद्वयले प्रतिनिधिसभा पुनर्स्थापना पछि सरकारसहितमा राजनीतिक सहकार्य गर्नुपर्ने अवस्था आउने भन्दै मिलेरै जानुपर्ने देउवाले बताएका थिए । तर, तर, देउवाले तपाईंहरुको कुन गुटलाई सहयोग गर्ने भन्ने निष्कर्षमा हामी पुगेका छैनौं भनेका थिए । ‘राजनीतिक रुपले सहकार्य गरेर जाउँ भन्ने उहाँहरुको कुरा थियो’ लेखकले भने, ‘तर, सभापतिले तपाईंहरुको कुन गुटलाई सहयोग गर्ने भन्ने निष्कर्षमा हामी पुगेका छैनौं । सहयोग गरेर जाने अवस्था आउँदासम्म एउटा निष्कर्षमा पुग्छौं भन्नुभएको छ ।’ केही दिन अगाडिदेखि प्रचण्ड र नेपालले देउवालाई भेट्न खोजेका थिए । यो भेट देउवाले भन्दै प्रचण्ड र नेपालले नै चाहेर भएको बुढानिलकण्ठ स्रोतको भनाई छ । ५ पुसमा प्रतिनिधिसभा विघटनदेखि सभापति देउवाको लाइन प्रधानमन्त्री केपी ओलीसँग मिलेको छ । राजनीतिक रुपमा ओलीको कदमलाई देउवाले राजनीतिक रुपमा विरोध गरे पनि वैशाखमा घोषणा गरिएको निर्वाचनको पक्षमा उनले खुलैरै अभिव्यक्ति दिएका छन् । पुनर्स्थापनाको मुद्दा सर्वोच्चमा पुगे पनि देउवाले दबाब दिन नहुनेभन्दै वैशाखको निर्वाचनतिरै खुट्टा उचालिसकेका छन् । नेकपाका फुट्दा हुने चुनावमा आफ्नो दललाई फाइदा पुग्ने र चुनावबाट कांग्रेसलाई ठूलो दल बनाएर जसले १४ औं महाधिवेशनमा फेरि पनि हावी हुने तयारी स्वरुप देउवा अघि बढेका छन् । यसैले पनि देउवाको यतिखेर ओलीसँग नरम छन् । तर, कांग्रेसमा नेता रामचन्द्र पौडेलसहितका नेताहरु ओलीले संविधान नै मास्ने काम गरेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनालाई नै एजेण्डा बनाउनुपर्ने पक्षमा छन् । ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरे पनि देउवा चुनावतिर र पौडेल पुनस्थापना भन्नेतिर प्रष्टै छुट्टिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष