NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

देउवा चढेको हेलिकप्टर गोरखामा आकष्मिक अवतरण

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकष्मिक अवरतण गरेको छ । पर्वतमा हुने कार्यक्रममा सहभागी हुन जान लागेको देउवा चढेको हेलिकप्टर खराब मौसमका कारण फाेर्स ल्याण्डिङ गराइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । खराब मौसमका कारण गोरखाको हर्मी आँपपिपलमा आकष्मिक अवतरण गराइएको हो । देउवासहित हेलिकप्टरमा नेता गोपालमान सिंह, अर्जुनप्रसाद जोशी पनि सहभागी छन् । खराब मौसमका कारण हेलिकप्टर अवतरण गराए पनि मौसम सुधार भएपछि हेलिकप्टर पर्वतका लागि उडेको जानकारी उनले दिइन् । आकस्मिक अवतरण गरिएको हेलिकप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । मौसममा सुधार आएलगत्तै हेलिकप्टर १ः२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको प्रहरी उपरीक्षक गुरुङले बताए । स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । सभापति देउवा पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष