NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

तस्वीरमा तारुकाको गोरु जुधाइः गोरु अनियन्त्रित हुँदा तीनजना घाइते

काठमाडौं । नुुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित तारुकामा आज भएको गोरु जुधाइमा गोरु अनियन्त्रित हुँदा तीनजना घाइते भए । जुधाउनका लागि मैदानमा ल्याउने क्रममै गोरु अन्यिन्त्रित भएको थियो । त्यस्तैगरि जुधाइको क्रममा एउटा गोरु घाइते भएको छ । यो वर्ष कोरोना महामारीले पनि गोरु जुधाइलाई रोक्न केही प्रभाव पारेन । तारुकासँगै नुवाकोटको शिवपुरी र पञ्चकन्या नगरपालिकामा पनि गोरु जुधाइ भएको छ । तर, अघिल्ला वर्ष भन्दा कम मानिसको उपस्थित रहेको आयोजक पक्षको दाबी छ । गाउँपालिकाका वडा अध्यक्ष सम्मरबहादुर आले मगरले वर्षौंदेखि चल्दै आएको चलन भएकाले कोरोना महामारीका कारण पनि गोरु जुधाइ नरोकिएको बताए । गोसाईंकुण्ड युवा क्लबले विगत १६ वर्षदेखि प्रत्येक वर्ष माघेसंक्रान्तिका दिन तारुकामा गोरु जुधाइ उत्सव आयोजना गर्दै आएको छ । गोरु जुधाइ पशु हितमा नभएको भन्दै पशुअभियन्ताले यो काम बन्द गर्न दबाब दिँदै आएका छन् । एनिमल नेपालकी अध्यक्ष रहेकी पशुअधिकारकर्मी प्रमदा शाह यस्तो चलन रोक्न आवाज उठाउन थालेको ८ वर्ष भएपनि केही हुन नसकेको बताउँछिन् । ‘वर्षैपिच्छे गोरु जुधाइ हुने ठाउँमा हामीले हाम्रा अभियान्ता पनि परिचालन गर्ने गरेका छौं । यो वर्ष कोभिडको कारणले केही गर्न सकेनौं,’ उनले भनिन्, ‘पर्यटन प्रवद्र्धनका नाममा यस्ता गतिविधि गर्नु हिंसा प्रोत्सानवाहेक केही होइन । अरुलाई परेको पीडालाई लिएर कसरी मनोरञ्जन लिन सकिन्छ ?’

ताजा अपडेट

नेपालवाच विशेष