ताजा जनादेशमा जाने कुरा असंंवैधानिक हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन् । ‘नमस्ते ख्वप टेलिभिजन’ले आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन अग्रगामी भएको दाबी गरे । ‘मुलुकलाई सङ्कटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो’ सरकारका प्रवक्ता गुरुङले भने, ‘जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीले चाल्नुभएको कदम प्रतिगामी नभई अग्रगामी हो ।’ उनले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंंवैधानिक र प्रतिगामी हुनै नसक्ने उनको भनाई थियो । मन्त्री गुरुङले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह आग्रह गर्दै सञ्चारमैत्री नीतिनिर्माणमा आफूू केन्द्रित भएको दोहो¥याए । त्यसका लागि आफूले सरोकार निकायसँगको सहकार्यमा जोड दिएको उनको भनाइ थियो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया