NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

सेयर बजार अझै उचाइमा पुग्छ, बैंकलाई ब्रोकर लाइसेन्स दिएर बजार विस्तार गर्नुपर्छ : छोटेलाल रौनियार (भिडियो अन्तर्वार्ता)

https://www.youtube.com/watch?v=AP8C6EEbK-Q काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा अहिले सेयर बजार दिनदिनै उकालो लाग्दैछ । महामारीका कारण लामो समय प्रभावित भएको सेयर बजार पछिल्ला दिनहरूमा निरन्तर उकालो लागिरहेको छ । अहिले नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । अर्कोतिर पुँजीबजार विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्स प्रदान गर्नुपर्ने माग पनि लगानीकर्ताहरूले जोडतोडका साथ उठाइरहेका छन् । नेपाल राष्ट्र बैंकले दुई वर्षअघि देखि घोषणा गरेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा सेयर बजारको पछिल्लो प्रवृत्ति, पुँजीबजारमा आएका सुधार, यसको विस्तार, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका विषयमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारसँग सुमित्रा कार्कीले गरेको कुराकानी : कोरोना प्रभाव कम हुँदै जाँदा पछिल्लो समय सेयर बजारमा निकै उत्तार–चढाव देखिन्छ । यसको कारण के होला ? कोरोना महामारीमा निकै उतारचढाव देखिए पनि सेयर बजारले सकारात्मक बाटो नै तय गरिरहेको छ । लकडाउनका बेला सेयर बजार बन्द भएको थियो । लकडाउनकै बीचमा सेयर बजार खोल्ने र बन्द गर्ने भन्ने दुई समूह भए । अन्ततः धितोपत्र बोर्डले सेयर बजार खोल्न अनुमति दियो । दुई दिन खुलेको बजार ओरालो लाग्यो । त्यस बेला लगभग ६४ करोड रुपैयाँ कारोबार भएको थियो। तर, लगानीकर्ताले ६८ अर्ब रुपैयाँ गुमाए । यसलाई म सेयर बजारमा इतिहासको कालो दिनको रुपमा लिन्छु । सेयर बजार अनिश्चित भएपछि हामी सबै लगानीकर्ता धितोपत्र बोर्ड गयौं । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई समस्या राख्यौं । त्यसपछि सेयरबजार पुनः अनिश्चित कालका लागि बन्द भयो । यसपछि बाध्य भएर नेप्सेले अनलाइन सेवा सुधार ग-यो । अहिले बजारमा परिवर्तन आएको छ । यही परिवर्तनका कारण अहिलेसम्म अनलाइन कारोबार गर्नेको संख्या ६ लाख नाघेको छ । अहिले सेयर बजारमा लगभग ९० प्रतिशत कारोबार अनलाइनबाटै हुन्छ । पछिल्लो समय सेयर बजारले दैनिक जसो नयाँ उचाई पनि कायम गरिरहेको छ । यो कहाँसम्म पुग्ला ? सेयर बजारमा अहिले प्राविधिकदेखि धेरै कुरामा सुधार भएको छ । यही सुधारले सेयर बजार अझै उचाइमा जाने मेरो अनुमान छ । यता बैंकले ब्रोक्रर लाइसेन्स पाउने कुरा पनि भइरहेको छ । जस्ले गर्दा बजारमा सबै क्षेत्रका मानिसहरूको प्रवेश हुन्छ । यसले पनि सेयर बजारमा नयाँ उचाई ल्याउन मदत पु-याउन सक्छ । सेयर बजार ठुला लगानीकर्ताको मुठ्ठीमा छ । तिनले साना लगानीकर्तालाई पेलिरहेका छन् पनि भनिन्छ । सेयर बजारले साँचिकै साना लगानीकर्तालाई अन्याय गरेको हो ? तपाईंले भनेजस्तो प्रवृत्ति अहिले सेयर बजारमा छैन् । पहिले बजारको आयातन घेरा कम थियो । कम्पनीहरूको पुँजी पनि कम थियो । अहिले बैंकको पुँजी पनि चार गुणा बढेको छ । बैंकहरूले चुक्ता पुँजी ९/१० अर्बभन्दा माथि पुगेको छ । अन्य कम्पनीको पनि चुक्ता पुँजी बढेकाे छ ।अहिले सेयर बजार अनलाइन माध्यमबाट नै कारोबार हुन्छ, त्यसकारण मलाई लाग्दैन सेयर बजारमा अहिले पनि चलखेल हुन्छ र साना लगानीकर्ता अन्यायमा परेका छन् । तपाईं यस क्षेत्रमा वषौंदेखिको अनुभवी हुनुहुन्छ । तपाईको अनुभवमा १० वर्ष पहिले र अहिलेसम्म यस क्षेत्रमा के–के कुराको परिवर्तन भएका छन् ? १० वर्ष पहिले सेयर बजार र अहिलेको सेयर बजारमा आकास–पातालको फरक छ । १० वर्ष पहिले सेयर बजारमा लगानी गर्न ब्रोकरकहाँ धाउनुपथ्र्यो, आइपीओ भर्न लाइन लाग्नुपथ्र्यो । कतिले चाहना हुँदाहुँदै पनि आइपीओमा आवेदन दिनसम्म सक्थेनन् । तर, अहिले त्यस्तो परिस्थिति छैन । अहिले मोबाइलबाटै सेयरको कारोेबार गर्न सकिन्छ । तपाईं लगानीकर्ता पनि भएको नाताले बैंकलाई ब्रोकर लाइसेन्स दिनु कत्तिको आवश्यक ठान्नुहुन्छ ? बैंकलाई अहिलेसम्म पनि ब्रोकर लाइसेन्स दिन किन नसकिएको हो ? बैंकले ब्रोकर लाइसेन्स दिने कुरा सबैको हितमा छ । तर, धितोपत्र बोर्डले यसलाई रोकेर राखेको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा पुँजी बजारको विकास र विस्तार हुन्छ । हजारौं नेपाली नागरिकहरूले खाडीमा गएर कमाएको पैसा लगानी गर्न पाउँछन् । अहिले विदेशमा रहेका ५०/६० लाख नेपाली नागरिकले गरेको आम्दानी रकम बजारमा आउँछ । बैंकले ब्रोकर लाइसेन्स पाउनासाथ ७७ जिल्लाका बैंक शाखाहरूबाट सेयर बजारको कारोबारको विस्तार हुन्छ । गाउँ–गाउँमा रहेका बैंकका शाखामार्फत् लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गर्न पाउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष