NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा १० अर्बको आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ ।निष्काशन सुरु भएको तेस्रो दिनमा बैैंकको आइपीओमा ८ लाख २ हजार ७०८ जनाको आवेदन परेको हाे । यो ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँको ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताको लागि आवेदन परेको हो । बैंकले शुक्रबारदेखि ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेकोछ । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताम सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । प्रतिकित्ता १ सय रुपैयाँका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त आईपीओमा सि–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था, तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।

ताजा अपडेट

नेपालवाच विशेष