प्रधानन्यायाधीश राणाले भने–चार पूर्व प्रधानन्यायाधीशहरुको विज्ञप्ति मेरो दिल दिमागमा छैन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले चार पूर्व प्रधानन्यायाधीशहरुले निकालेको विज्ञप्ति आफ्नो र दिल र दिमागमा नभएको बताएका छन् । प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै पूर्व चार पूर्व प्रधानन्यायाधीशहरुबाटै विरोध भएको विषय रिट निवेदक पक्षधर बहसकर्ता सुनिल पोखरेलले राणाले यस्तो बताएका हुन् । ‘अब कसले के–के भन्या छ, हामीले सुन्ने पनि हैन, सुन्या पनि छैन । हाम्रो दिमागमा पनि छैन् मनमा पनि छैन । बोल्नेहरुलाई कानून पनि छैन ।’ २४ पुसमा सर्वोच्च अदालतका चार जना पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र सुशीला कार्कीले विज्ञप्ती निकालेर प्रतिनिधिसभा विघटन संविधान अनुसार नभएको बताएका थिए । यसैतर्फ संकेत गर्दै प्रधानन्यायाधीश राणाले उनीहरुको भनाई आफ्नो दिमाग र मनमा नभएको बताएका हुन् ।
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया