NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

जसले लकडाउनमा गाउँ रंगाए [फोटोफिचर]

काठमाडौं । विगत १५ वर्षदेखि ट्रेकिङ गाइड गर्दै आएका छिरिङ दोर्जे शेर्पा कोरोना महामारी सुरु भएपछि कामविहीन भए । चीनबाट कोरोना भाइरसको प्रकोव विश्वव्यापी रूपमा फैलिन थालेछि पर्यटकीय सिजन मानिने मार्चअप्रिलमा पदयात्रामा आउने पर्यटकले उनी कार्यरत रोयल माउन्टेन ट्राभलमा धमाधम बुकिङ रद्द गर्न थाले । आबद्ध कम्पनीमा त्यसरी बुकिङ रद्द हुँदा उनले चाल पाइसकेका थिए, ‘अब काम हुँदैन’ ।नभन्दै देशव्यापी लकडाउन सुरु भयो । विदेशी पर्यटकलाई नेपालको कुना कन्दरा चिनाउँदै हिँडेका छिरिङ लकडाउन भएपछि त पूर्ण रुपमा कामविहीन भए । घरमै बस्न बाध्य भएपछि दैनिक जीवनमा अचानक रोक लागेको अवस्था सिर्जना भयो । पर्यटक नै नआउने भएपछि उनकोे काममा बाधा त पुग्ने भयो नै । काम पनि नहुने भएपछि काठमाडौंको बसाईमा खर्चमात्रै हुन थाल्यो । आम्दानी शून्य, खर्च बढी हुने भएपछि काठमाडौंमा एक्लै बस्दै आएका छिरिङले गाउँ फर्किने निर्णय गरे । गाउँ फर्किएपछि पनि खासै काम थिएन । काम नभएपछि फुुर्सद थियो । उनले जुक्ति निकाले, ‘यो फुर्सदमा पनि गर्न सकिने धेरै काम छन् । बिना काम घर बस्नु भन्दा केही उपयोगी काम गर्नुप¥यो ।’ नेपालमा बन्दाबन्दी भएपछि उनी आफ्नो गृहनगर सोलुखुम्बुुस्थित दुधकुण्ड नगरपालिका २, टुम्बुक फर्किएका थिए । घर फर्किएपछि समय कटाउनका लागि उनीसँग दुईवटा विकल्प थियो । पहिलो, दिउँसोभर इन्टरनेट चलाएर समय बताउने । दोस्रो, त्यसको साटो केही उत्पादनमूलक काम गर्ने । घर फर्किंदै गर्दा बाटोमा उनले गाउँका चट्टान र ऐतिहासिक र सांस्कृतिक महत्वका मन्दिरहरु दयनीय अवस्थामा रहेको देखेका थिए । उत्पादनमूलक काम के गर्ने भन्नेबारे सोच्दासोच्दै उनले ती चट्टान तथा धार्मिक सम्पदाहरू सफा र सुरक्षित बनाउने निर्णय गरे । विगतमा तीर्थ क्षेत्रले सुन्दर बनाएको आफ्नो गाउँ तिनै सम्पदाहरू हिलो र सुख्खा पातको थुप्रोमा गाडिएका हुँदा कुरुप बनेको थियो । बाल्यकालमा आफूले देख्दै हुर्किएको ती सम्पदास्थल स्थानीयको व्यस्तातले गर्दा कुरुप भएको थियो । घरमै बसे पनि साथीभाईसँगको जमघट र दिउँसभरी सुतेरै दिन बित्दै थियो । त्यसको साटो ती सम्पदाको संरक्षण गर्नु आफ्नो जिम्मेवारी भएको बोध भएपछि उनी कामतिर लागे । गाउँका साथी निंग्मा तेन्जी शेर्पालाई आफ्नो योजना सुनाएपछि उनले पनि छिरिङको कार्यमा समर्थन जनाए । आफ्नै लगानीमा सुरुमा दुइजनाले काम थाले । काम गरेको फोटो फेसबुकमा स्टोरी हाल्थे । फेसबुकको स्टोरीमा उनीहरूले गरेको काम देखेपछि गाउँबाट पनि समर्थन जुट्न थाल्यो । समय भएकाले शारिरिक उपस्थितिबाट सहयोग गरे भने समय नभएकाले आर्थिक सहयोग गर्न थाले ।विदेशमा बस्ने गाउँलेहरुले समेत आर्थिक सहयोग गर्न थाले । लकडाउन अवधिभर उनको टोलीले दुधकुण्ड नगरपालिका–२ स्थित सालाबेसी र टुम्बुकमा मन्दिरको सफाई सम्पन्न गरे भने चट्टानहरुलाई रंगाउने काम पनि गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष