NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

मन्त्रीद्वय रायमाझी र थापा भन्छन् : ओलीकाे कदम प्रगतिशील र राष्ट्रवादी

प्युठान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका उर्जा तथा जलश्रोत मन्त्री टोपबहादुर रायमाझीले सांसद जानुभन्दा सिष्टम बच्नु ठूलो कुरा भएको दाबी गरेका छन् । आइतबार केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी प्युठानले प्युठान नगरपालिका वडा नं ४ विजुवारमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेता रायमाझीले यस्तो बताएका हुन् । ‘हामी पनि सांसद थियौ हाम्रो सांसद पद पनि गयो’ उनले भने, ‘सिष्टम बच्यो भने सांसद त फेरी आउँछ, मन्त्री त फेरि पनि भईन्छ ।’ हुदाँ खादाको सरकारलाई प्रतिपक्षले ढाल्न खोज्नु जायज मानिन्छ तर आफ्नै पार्टीका नेता र आफ्नै सांसदहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीलाई प्रतिपक्षको साठगाँठमा अविश्वासको प्रस्ताव पेश गरेर सडकमा लान खोज्नु जायज नभएको उनको भनाई थियो । ‘देशमा अराजकता र अस्थिरता पैदा हुने भएकाले ओलीले संसद विघटन गरेर नयाँ चुनावमा जाने कुरा प्रगतिशील हो ।’ उनले भने । प्रधानमन्त्रीले आफ्नै सरकारलाई ढाल्ने संसदलाई विघटन नगरेर सम्मान गर्न नसक्ने प्रष्ट्याए । देशलाई अस्थिरता र प्रतिगमनबाट बचाउनका ओलीले चालेको कदम प्रगतिशील भएको उनको भनाई थियो । निश्चित समयमा चुनाव हुने र प्रचण्ड र माधव नेपाल समूहले देशको कुनै स्थानबाट पनि चुनाव जित्न नसक्ने दाबी उनले गरे । हाल चुनाव चिन्ह र पार्टी कुन हुने भन्ने चर्चा चलिरहदाँ रायमाझीले संस्थापक पक्ष यही रहेकाले पार्टी र झण्डा केपी ओली नेतृत्वले पाउने बताए । नेकपाका स्थायी कमिटी सदस्य एवं खानेपानी मन्त्री मणीचन्द्र थापाले देश चलाउनका लागि एउटै जिब्रो चाहिने बताए । माधव नेपाल जस्तो नगद चाहिने र प्रचण्ड जस्तो २४ घण्टामा आफ्नो विचार फेर्ने दुई वटा जिब्राले देश नचल्ने उनको भनाई थियो । ‘हामीले जनमत आउछ भनेर ओलीलाई सहयोग गरेका हैनौ, थापाले भने, ‘ओली राष्ट्रवादी नेता भएकाले सहयोग गरेका हौँ ।’ आफूलाई मन्त्री पाउनका लागि केपी तिर गयो भन्ने आरोप लगाइए पनि आफूले देशमा परिवर्तन र राष्ट्रवादको निम्ति केपी ओलीलाई रोजेको थापाले बताए । ‘अहिलेसम्म प्युठानका नेता राष्ट्रिय राजनीतिको मूलधारमा गएको थिएन, प्युठान जहिले पनि प्रतिपक्ष राजनीतिको केन्द्रमा छ, राष्ट्रिय राजनीति भनेको विकासको मुलधार हो, मन्त्री थापाले भने,‘प्रचण्डका कारणले प्युठान मुलधारमा पछाडि परेको थियो । अहिले केपीले प्युठानलाई राष्ट्रिय राजनीतिको मूलधारमा लग्नुभएको छ ।’

ताजा अपडेट

नेपालवाच विशेष