‘काम गर्न नसकेका प्रधानमन्त्रीले संसद नै सिध्याइदिए’

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेलले प्रधानमन्त्रले आफूले पनि काम नगरी अरुलाई बाटो छेक्न प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आइतबारबाट संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा सोमबार बोल्दै पोखरेलले सत्तामा हुँदा केही गर्न नसकेका प्रधानमन्त्रीले हठ गरेर संसद नै सिध्याएको बताएका हुन् । ‘सरकार चलाउन नसक्दा राजीनामा दिने हो । आफू चलाउन नसक्ने अनि अरूले चलाउने बाटो पनि बन्द गर्ने यो त दुराशयपूर्ण भयो । पार्टीले सहयोग गरेन र मैले चलाउन सकिन भनेर प्रधानमन्त्रीले स्वीकारीसक्नु भएको छ’ उनले भने, ‘ताजा जनादेशमा जान अदालतले रोक्न सक्दैन भनेर सेन्टिमेन्ट गैन गर्ने प्रयास भइरहेको छ, जनताभन्दा ठूला कोही छैनन्, तर तिमीले गर्ने लागेको चुनाव न्यायसंगत छ कि छैन त अदालतले भन्न सक्छ तिम्रो निर्वाचन कानुन मैत्री छैन भनें सिस्टम नैं भत्किन्छ, त्यसैले ताजा जनादेशको कुरा जुन प्रधानमन्त्रीले लिखित जवाफमा उल्लेख गरेका छन् त्यो खारेज गर्नु पर्छ ।’ संविधानसभाका सभासदले बहुमतको प्रधानमन्त्रीले विघटन सोच्न पनि नपाउने गरी संविधान बनाएको उनले बताए ।
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया