कोरोनाको नयाँ प्रकार नेपालमा भेटिएको पुष्टि, बेलायतबाट फर्किएका ३ जनामा देखियो

काठमाडौं । बेलायतबाट नेपाल फर्किएका ३ जनामा नयाँ भाइरस संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आज प्राप्त भएको नतिजाअनुसार उनीहरूलाई बेलायतमा देखिएका नयाँ ‘भेरियन्ट’ पुष्टि भएको हो । पुसको पहिलो साता बेलायतबाट आएका ६ जनाको नेपालमा कोरोना परीक्षण गर्दा ३ जनामा ‘एस जिन टार्गेट’ नेगेटिभ देखिएको थियो । उनीहरूलाई नयाँ भेरियन्टको संक्रमण भएनभएको पुष्टि गर्नका लागि गत पुस २७ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा उनीहरूको नमुना हङकङ प्रयोगशाला पठाइएको थियो । हाल तीनजनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीया पुरुषलाई पिसिआर नेगेटिभ देखाइसक्यो र ६७ वर्षीया पुरुष भने पोजेटिभ नै रहेपनि लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया