तीन वर्ष नपुग्दै प्रदेश सरकारले नतिजा देखाइसक्यो : मुख्यमन्त्री पौडेल

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् । ‘वागमती प्रदेश विकास दर्पण’को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको धारणा राखे । पौडेलले सडक, पुल, खानेपानी, सिंचाइ जस्ता विकासका आधारभूत आवश्यकता पूरा गर्नेदेखि लिएर सुरुङमार्ग निर्माणको योजनासमेत कार्यान्वयनको चरणमा रहेको बताए । मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने तथा केन्द्र सरकारसँग समेत साझेदारी गर्नुपर्ने भएका कारण सुरुङमार्ग निर्माणमा केही ढिलाइ भएको भए पनि अब केही समयमै निर्माण प्रारम्भ हुने बताए । सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिन लागेको बताउँदै वाग्मती प्रदेशका हरेक योजना अन्य क्षेत्रका लागिसमेत अनुकरणीय हुने गरेको उनले बताए । पौडेलले ‘सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश’ को दुरगामी सोचलाई पूरा गर्न प्रदेशको पहिलो आवधिक योजना २०७६७७ २०८०८१ कार्यान्वयनमा ल्याइएको, प्रदेश नीति तथा योजना आयोगबाट दिगो विकास लक्ष्यसहित अन्य दस्तावेज तयार भई कार्यान्वयनमा ल्याइएको बताए । आफू र मन्त्रीहरूबीच, मन्त्री र सचिवबीच एवं सबै तहका कार्यालय प्रमुखसँग कार्य सम्पादन करार सम्झौता भएको र त्यसको परिणाम सकारात्मक आएको बताए । मुख्यमन्त्री पौडेलले सरकार गठनको तीन वर्ष नपुगिकनै सरकारले गरेका कामको परिणाम देखिन थालिसकेको बताए ।
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया