कृषि विकास र एनसीसी बैंकलाई ऋणपत्र जारी गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंक र एनसीसी बैंकलाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धितोपत्र बोर्डको अनुमति पाएको हो । बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । बैंकको यो ऋणपत्रमध्ये २४ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुने बैंकले जानकारी दिएको छ । बाँकी रहेको ३६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर पाइनेछ । कृषि विकास बैंकले ७ वर्ष अवधिको ‘कृषि विकास बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । यस्तै, एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले पनि प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी १८ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइनेछ । बैैंकले १० वर्ष अवधिको ‘एनसीसी ऋणपत्र–२०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । बैंकको ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । पछिल्लो समय बैंकलाई अतिरिक्त पुँजी बढाउन राष्ट्र बैंकको दवाव छ । यसकारण बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई आधार बनाउन थालेका हुन् । त्यस्तै, राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत् चालू आर्थिक वर्षभित्र वाणिज्य बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंकहरु ऋणपत्र निष्कासनमा लागेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कूल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया