NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

कांग्रेस र प्रचण्डपक्षीय कार्यकर्ताबीच झडप हुँदा प्रहरीद्वारा ९ राउण्ड हवाइ फायर

रुकुमको आठविसकोटको राडीबजारमा कांग्रेस र प्रचण्ड–नेपाल पक्षधरका कार्यकर्ता भिडन्तमा उत्रिएका छन् । सोमबार बेलुकादेखि नै दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको थियो । तर, मंगलबार बिहानैदेखि दुई पक्षबीच झडप हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि एक राउण्ड अश्रुग्याँस पनि प्रहार गरिएको छ । मंगलबार दुवै पक्ष छलफलका लागि प्रहरी कार्यालय पुगे पनि त्यहीं झडप भएको हो । दुई पक्षबीच राजनीतिक रिसिइबीका कारण झडप भएको प्रहरीले जनाएको छ । झडपमा प्रहरी र दुवै पक्षका नेता कार्यकर्ता घाइते भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष