मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य

मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटस्सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंक नेपाल लिमिटेड., बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटस्का तर्फबाट सोमबार हस्ताक्षर भएको छ । यो सम्झौतापश्चात् मेगा बैंकले रोराङ्ग गाउँपालिका, धादिङ्गका साना किसान, व्यवसायिका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । उक्त कार्यक्रममा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीहरुलाई आ—आफ्नो पक्षबाट बेनिघाट रोराङ्ग गाउँपालिकाका उद्यमीहरुलाई सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा प्रदान गर्ने सिलसिलामा भरपुर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा बैंकले गाउँपालिका तथा उद्योग वाणिज्य संघसँग आवद्ध साना किसान, लघु, घरेलु तथा साना उद्यमीहरुलाइ प्राथमिकताका साथ बैंकको मलेखु, धादिङ स्थित शाखा कार्यालयबाट सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने व्यहोरा बैंकका तर्फबाट विभागीय प्रमुख पुण्यप्रसाद खनियाले जानकारी गराए ।
ताजा अपडेट
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
प्रतिक्रिया