‘ओम्नी काण्ड’ मा भानुभक्त र ईश्वर पोखरेललाई उन्मूक्ति

काठमाडौँ । मेडिकल सामान खरिद अनियमितता ‘ओम्नी काण्ड’ मा जोडिएका तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल अख्तियारको कारबाहीबाट पूर्णत जोगिएका छन् । ओम्नीसँग सम्बन्धित मेडिकल सामान खरिद अनियमितताको छानबिन गरिरहेको अख्तियारले मन्त्री ढकाल र उपप्रधानमन्त्री पोखरेलसँग बयान नै नलिई अनुसन्धान टुंग्याउने तयारी गरेको हो । उक्त अनियमितता हुँदा ढकाल स्वास्थ्य मन्त्री थिए । र उनकै प्रत्यक्ष निगरानी र निर्देशनमा स्वास्थ्य सामग्री खरिदको काम भएको थियो । यस्तै सार्वजनिक खरिद ऐनको प्रक्रिया भन्दा बाहिर गएर सामान खरिद गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले निर्देशन दिएका थिए । तर अख्तियारले मेडिकल सामान खरिदमा उनीहरुको संलग्नता नदेखिएको भन्दै उनीहरुको बयान विनै अनुसन्धान अघि बढाएको हो । अख्तियारले उक्त अनियमितताको अनुसन्धान टुंग्याउन स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशन महेन्द्र श्रेष्ठको बयान लिइसकेको छ । बाँकी अरु सुब्बा, खरदार र अधिकृतस्तरका कर्मचारीको मात्र बयान लिएको अख्तियार स्रोतले जनाएको छ । थप पढ्नुहाेस् स्वास्थ्य सामग्री अनियमिततामा मन्त्रीद्वयलाई उन्मुक्ति : कारवाही गर्न अख्तियारले भेटेन प्रमाण
ताजा अपडेट
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
प्रतिक्रिया