नेपाल–खनाल पक्षले घोषणा गर्यो– राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय लाद्न खोजेको दाबी गर्दै पार्टीमा आफूहरुको सक्रिय भूमिका स्थापित गर्न नेपाल–खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु पार्टीको विधान र विधि विपरित ठहर गर्दै चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको हो । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको एक नेताले जानकारी दिए ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया