NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल–खनाललाई ओलीको निम्तो !

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते पार्टीे केन्द्रीय कमिटीको बैठक बस्ने बताउँदै उक्त बैठकमा माधव नेपाल र झलनाथ खनालपक्षका सबै नेतालाई बोलाएका छन् । शुक्रबार पनि अध्यक्षको हैसियतमा आफूले पार्टीको केन्द्रीय कमिटी बैठक राखे पनि सो बैठकमा नेपाल र खनालपक्ष सहभागी नभएको भन्दै पार्टीको बैठकमा निरन्तर अनुपस्थित भए ती सदस्यलाई पार्टीको विधानअनुसार कारबाही हुने पनि अध्यक्ष ओलीले बताए । ‘अझै प्रशस्त समय छ । मैले उहाँ (नेपाल–खनाल) हरुलाई ७ गतेको बैठक बोलाएको छु,’ ओलीले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’ अध्यक्ष ओलीले नेपाल–खनालले आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भने पनि आफूले कसैलाई कतैबाट ननिकालेको प्रष्ट पारे ।

ताजा अपडेट

नेपालवाच विशेष