समानन्तर कमिटीको रणनीतिमा नेपाल–खनाल पक्ष, राष्ट्रिय भेलाका लागि तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीभित्र समानन्तर कमिटीको रणनीति अपनाउँदै राष्ट्रिय कार्यकर्ता भेलाका लागि इन्चार्ज तोकेका छन् । नेपाल–खनाल पक्षका केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको हो । नेपाल–खनाल पक्षले पार्टीको विभागमा पनि नेताहरुलाई जिम्मेवारी दिएको छ । रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । शनिबार बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका कुनै पनि निर्णय मान्य नहेने बताउँदै यसको दबाबस्वरुप नेपाल–खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । ‘उक्त भेलाका लागि अहिलेका प्रदेश इन्चार्जहरुले महत्वपूर्ण भूमिका खेल्नु हुनेछ । त्यसपछि उहाँहरुको जिम्मेवारी पुनः हेरफेर हुनसक्छ,’ बैठकमा सहभागी एक नेताले बताए ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया