NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

झापामा सवारी दुर्घटना, दुईको मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परी आज यहाँ दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छुट्टाछुट्टै दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । आज अपराह्न कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पमा ना. १ त ६१६५ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे. ३ प ३७४७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने बाह्रदशी गाउँपालिका–५ कनकन मार्गमा मे. ११ प ८४५१ नंको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक राजवंशी घाइते भएका हुन् । उनको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहे पनि दैनिक सवारी दुर्घटनामा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या बढिरहेको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष