कोरोनाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानमा सरकारको प्राथमिकता : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी योजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय होमस्टे (घरबास) कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सरोकारवालाको सहभागितामा पर्यटन पुनरुत्थानसम्बन्धी कार्ययोजना निर्माण भइरहेको बताए । ‘कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागि रहेको छ,’ मन्त्री ढकालले भने, ‘कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको क्षेत्र पर्यटन नै हो, अब पर्यटन व्यवसाय तङ्ग्रिँदैछ, सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिनेछ ।’ मन्त्री ढकालले होमस्टेले पर्यटन प्रवद्र्धनमार्फत मुलुकको आर्थिक विकासमा ठूलो टेवा पु¥याएको भन्दै विविधतायुक्त संस्कृतिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अझै मिहेनत गर्नुपर्ने विचार व्यक्त गरे । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले कर्णालीमा ठूला होटल नभएको अवस्थामा होमस्टे सञ्चालन गर्न आग्रह गरे । ‘प्रदेश सरकारले होमस्टे सञ्चालनमा सहयोग गरिरहेको छ,’ उनले भने, ‘दक्ष जनशक्तिसहित व्यवस्थित रुपले होमस्टे सञ्चालन गर्न जरुरी छ ।’ वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले होमस्टेको विकासका लागि पहिले सडक पूर्वाधारको विकास हुन जरुरी रहेको बताए । उनले सात वटै प्रदेशका उत्कृष्ट होमस्टेका सञ्चालकलाई सम्मान गरेका थिए । ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु भएको राष्ट्रिय कार्यशालामा मुलुकका २ सय बढी होमस्टे सञ्चालक सुर्खेतमा भेला भएका छन् । होमस्टेसम्बन्धी नीति निर्माणका साथै प्रदेशस्तरीय कार्यविधि निर्माणका लागि पहल गर्ने, अन्तरराष्ट्रिय पर्यटन बजारमा नेपालको होमस्टेलाई परिचित गराउने, होमस्टे दर्ता, सञ्चालन एवम् निरीक्षण गर्ने कार्यलाई समयसापेक्ष विकास गर्न र कोभिड– १९ पछिको पर्यटन क्षेत्रमा देखिएका समस्यलाई समाधान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया