NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

बाबुराम भन्छन्- जसपा तासको जोकर वा च्याँखेदाउ थाप्ने खेलाडी हाेइन

सत्ता समीकरणका लागि म्याराथन वार्ता भइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर नभएको बताएका छन्। सत्ताका लागि निर्णायक मानिएको जसपा हाल एमाले, माओवादी केन्द्र र कांग्रेससँग छुट्टाट्टै वार्तामा छ। एमाले, त्यसमा पनि प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गर्न नहुने मत राख्ने भट्टराईले ट्वीट गर्दै जसपा आफै देशको नेतृत्व गर्ने शक्ति रहेको बताएका छन्। उनले भनेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुराः यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी हैन। बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो। गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता गर्दैन। यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।

ताजा अपडेट

नेपालवाच विशेष