NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

विभाजनतर्फ एमाले, पार्टी जोगाउन वामदेवले समन्वयकारी भूमिका खेल्ने

सत्तासीन नेकपा एमाले विभाजनतिर लागेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका पद भंग गर्दै अगाडि बढेपछि माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी गठन गरेको छ। पार्टी विभाजनतर्फ लागेपछि उपाध्यक्ष वामदेव गौतमले दुवै पक्षसँग छलफल गर्ने भएका छन्। तत्कालीन नेकपा विभाजन (कानुनीबाहेक) हुँदा पनि गौतम तठस्थ बसेका थिए। र, उनले एकताको आह्वान गरेका थिए। एकता अभियानका संयोजक रहेका गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न ओली र नेता नेपालसँग छलफल गर्ने भएका हुन्। अभियानका सचिव बाबुराम थापाका अनुसार पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुनेछ।

ताजा अपडेट

नेपालवाच विशेष