गाउँमै आँखाको विशेषज्ञ सेवा

जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएको छ । गाउँमा धुलो र धुँवाका कारण आँखाका बिरामीको सङ्ख्या बढ्दो छ । गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको हो । यसअघि सदरमुकाम खलङ्गामा मात्रै थियो । गाउँबाट सदरमुकामसम्म आउँदा बिरामीलाई सास्ती हुने गरेको थियो । आँखा उपचार गाउँमै हुन थालेपछि बिरामीलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । अब गाउँमै आँखा जाँच र औषधि पनि गाउँमै पाइने भएको छ । रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने अध्यक्ष रावलले बताए । आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिकाले गरेको छ । सो केन्द्रमा उपकरणको व्यवस्थापन नेपाल नेत्रज्योति सङ्घले गरेको सङ्घका जिल्ला अध्यक्ष धनबहादुर बस्नेतले बताए । आँखा उपचार केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले उपचारसँग सम्बन्धित कर्मचारी राखेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । उक्त उपचार केन्द्रले जिल्लाको क्षेत्र नं (ख) का सर्वसाधारणलाई सेवा दिने छ । सोअन्तर्गत सिँजा गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई उपचारमा राहत हुने सिँजाका प्रवक्ता नवीन शर्माले बताए । पहिले नेपाल नेत्रज्योति सङ्घले गाउँमा वर्षमा एक÷दुईपटक शिविर राखेर मात्र आँखाको उपचार तथा शल्यक्रिया गर्ने गरेको थियो । गाउँका आँखाका रोगीको प्रकृतिका आधारमा विशेषज्ञ गाउँमै बोलाएर शल्यक्रिया हुने गाउँपालिका प्रवक्ता शर्माले बताए । आखाँका रोगीले उपचार खर्च अभावमा रोग लुकाएर गाउँमै थन्किनुपर्ने अवस्था अब नहुने, सकेसम्म स्थानीय सरकारले यहाँका गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा रोगको उपचार गरिदिने गाउँपालिका प्रवक्ता शर्माले जानकारी दिए । रासस
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया