NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैनः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताए । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल सुरु भएको बताए । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल सुरु भएको भन्दै उनले आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गरे । ‘यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको हो । अबको प्रहारमा हामी नै गोल गर्नेमा विश्वस्त छौं,’ उनले भने । रासस

ताजा अपडेट

नेपालवाच विशेष