सुनको मूल्य तोलामा चार सयले बृद्धि

आइतबार सुनको मूल्यमा ४ सयले बृद्धि भएको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६ सय मा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार २०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० मा कारोबार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २७० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया