श्रीलंकामा पनि बुर्कामाथि प्रतिबन्धको तयारी

फ्रान्स र स्विट्जरल्याण्डपछि श्रीलंकाले पनि कट्टरपनमाथि नियन्त्रण राख्न बुर्कामाथि प्रतिबन्ध लगाउने फैसला गरेको छ । यसका साथै श्रीलंकाका एक हजारभनदा बढि स्लामिक स्कुल र मदरसा पनि बन्द गर्ने तयारी गरिएको छ । श्रीलंकाका सार्वजनिक सुरक्षामन्त्री सरथ वेरासेकेराले एक पत्रकार सम्मेलनका क्रममा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन बुर्कामाथि प्रतिबन्ध लगाउने फैसला गरिएको जानकारी दिए । बुर्का लगाउँदा अनुहार नदेखिने र त्यसबाट अपराधिक गतिविधिमा बढोत्तरी भएको भन्दै बुर्का प्रतिबन्ध लगाएको हो । उनले भने, ‘बुर्कामाथि प्रतिबन्ध गर्ने प्रस्तावमाथि मैले हस्ताक्षर गरिसकेको छु । अब स्वीकृतिका लागि क्याबिनेटमा जानेछ । वेरासेकेराले पहिले आफ्नो देशमा महिलाहरुले बुर्का नलगाउने गरेको बताए । पछि अन्य देशको प्रभाव परेपछि महिला र युवतीहरुले बुर्का लगाउन थालेको उनको भनाइ छ । ‘बुर्का लगाउनु समाजलाई कट्टरपन्थी बनाउने एक संकेत हो । यसलाई सहन गर्न सकिँदैन । निश्चित रुपमा हामी प्रतिबन्ध लगाउनेछौं ।’ उनले सरकारले एक हजारभन्दा बढी मदरसा र स्लामिक स्कुलमाथि पनि प्रतिबन्ध लगाइने बताए । स्लामिक स्कुल र मदरसा देशको राष्ट्रिय शिक्षा नीति विपरीत भएकाले बन्द गर्ने तयारी चलिरहेको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया