NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

अब साउदीमा विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने

साउदी अरबले विदेश कामदारहरूलाई सजिलो हुने गरी (काफला) प्रणालीमा सुधार गरेको छ । साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको हो । योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमतिबिनै देश भित्रिने र बाहिरिने गर्न सक्ने छन् । विदेशी कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ । यसबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने बताइएको छ । विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको थियो । विदेशी कामदारको हक खोसिएको भन्दै यसको विरोध भएको थियो । एजेन्सी

ताजा अपडेट

नेपालवाच विशेष