NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

तातोपानी नाका हुँदै चीनबाट ल्याइयो ४ हजार टन मल [भिडियो]

काठमाडौं – उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ। https://youtu.be/lW-o5Vijqu4 तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामग्री आयात हुनेगरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो।साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो। चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक सो नाकाबाट रासायनीक मल नेपाल भित्रिएको बताए । अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४/५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्री बताउँछन्। आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष