NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

आन्तरिकतर्फ उडान अनुमतिका लागि नयाँ वायुसेवाको आवेदन

पहाडी तथा हिमाली क्षेत्रमा व्यावसायिक हवाइ उडान गर्न नयाँ एयरलाइन्सले सरकारसमक्ष अनुमति माग गरेको छ। छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थलमा उडानका लागि शिवम् एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालयसँग अनुमतिका लागि आवेदन दिएको हो। दिनेश आचार्य संस्थापक रहेको यो कम्पनीले काठमाडौंलगायतका अन्य हब विमानस्थलबाट उडानको प्रस्ताव गरेको छ। मन्त्रालयका अनुसार अनुमति दिने सम्बन्धमा अध्ययन गर्न एक समिति बनाइएको छ। उक्त समितिको सिफारिसका आधारमा मन्‍त्रालयले थप निर्णय गर्ने बताइएको छ। मन्‍त्रालयबाट लाइसेन्स पाएपछि ‘एनओसी’ लिन नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनुपर्छ। मन्‍त्रालयले लाइसेन्स दिनुअघि पनि सुझावका लागि प्राधिकरणको राय लिन्छ। प्राधिकरणले उडान सुरक्षाको ग्यारेन्टी तथा कम्पनीको सक्षमताका विषयमा अध्ययन गरेपछि एनओसी जारी गर्छ। त्यसपछि जहाज खरिद गर्ने र उडान अनुमतिको प्रक्रिया सुरु हुन्छ। हाल नेपालमा छोटो धावनमार्ग भएका विमानस्थलमा सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्स र निजीतर्फ तारा, समिट, सीता र बुद्ध एयरलाइन्सले उडान गर्दै आएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष