माओवादी केन्द्रको बैठकः नाम फेर्नेदेखि बादलसहित मन्त्रीहरुलाई कारबाहीको प्रस्ताव

काठमाडाैं । आइतबारदेखि पेरिसडाँडामा सुरु भएको नेकपा माओवादी केन्द्रको बैठकमा मुख्यतया दुई एजेण्डामा छलफल केन्द्रित भएको छ । पार्टीको नाम फेर्ने एजेण्डालाई प्राथमिकतामा दिइएको छ । साथै माओवादी छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको साथ दिन गएका गृहमन्त्री रामबहादुर थापा बादलसहित अन्य मन्त्रीहरुलाई कारबाही गर्ने निर्णय गरिएको छ । माओवादी केन्द्र ब्यूँतिएपछि पार्टी परित्याग गरी ओलीका साथमा गएका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव राखिएको माओवादी केन्द्र स्रोतले जनाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारबाही प्रक्रिया अघि बढाउँदै २४ घण्टाभित्र स्पस्टिकरण सोधेको छ । गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको थियो । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा पनि राखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया