भारतमा एकैदिन थपिए २५ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३ सय २० जना सङ्क्रमित भएका हुन्। यसअघि एक दिनमा सङ्क्रमितहरुको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो। मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ३७ जना कोरोना भाइरसमुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ। भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन्। कुल सङ्क्रमितमध्ये दुई लाख १० हजार ५२२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड नौ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म एक लाख ५८ हजार ६ सय ७ जनाको मृत्यु भएको छ। तीमध्ये १ सय ६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४ सय ९ खोपको मात्रा उपभोग भएको छ। त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख तीन हजार ६ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ। शुक्रबार भने ८ लाख ६४ हजार ३ सय ६८ जनाको कोरोना परीक्षण गरिएको छ। ब्राजिलमा एकै दिन ७६ हजार सङ्क्रमितब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १ सय ७८ जना सङ्क्रमित भएका हुन्। सोही अवधिमा कम्तीमा एक हजार ९ सय ९७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। ब्राजिलमा अहिलेसम्म १ करोड १४ लाख ३९ हजार ५ सय ५८ जना सङ्क्रमित भएका छन् भने २ लाख ७७ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ। कोरोना महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ४ सय ३४ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा क्षमता कम भएको र कतिपय अवस्थामा अभाव समेत भएको अधिकारीहरुको भनाइ छ। यसैबीच, ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोनाविरुद्धको खोप लगाएका छन्। ‘कोरोना भाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ,’ शनिबार खोप लगाएपछि पत्रकारहरुसँग उनले भने । उनले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन पाउने सुनिश्चित गर्न पनि सरकारसँग माग गरे । (रासस/एएनआई/सिन्ह्वा)
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया