लहानमा बम बिस्फोट, ६ जना घाइते

आइतबार सिरहाको लहानमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएका छन् । लहानको मालपोत कार्यालयनजिक आइतबार दिउँसो करिब १ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप घिमिरेले जानकारी दिएका छन् । घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर छ भने पाँच जना सामान्य छन् । घटनाबारे विस्तृत जानकारी लिन एसपी नेतृत्वको टोली घटनास्थल पुग्दैछ । बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन । हालसम्म कसैले विस्फोटको जिम्मेवारी पनि लिएको छैन ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया