जघन्य अपराधमा बालबालिकाको संलग्नता बढ्दो

फागुन १८ गते दाङको बबईमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको थियो । बबई गाउँपालिका–५ ट्वाङखोलाकी ११ वर्षीया बालिकालाई उनकै छिमेकका १२ र १३ वर्षका बालकले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको थियो । प्रहरीका अनुसार साँझ दही लिन गएकी बालिकालाई स्थानीय दुई बालकहरुले जबरजस्ती करणी गरेका थिए । दुवै आरोपितलाई पक्राउ गरेपछि दाङ जिल्ला अदालतमा उनीहरुको मुद्दा चलाइएको थियो । पीडितका आफन्तले दिएको उजुरीको आधारमा प्रहरीले दुवै आरोपितलाई पक्राउ गरेको थियो । यसअघि बैतडीकी किशोरी भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको थियो । बदला लिनका लागि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरी किशोरलाई पक्राउपछि सार्वजनिक गरेर मुद्दा चलाएको छ । यी दुई घटना पछिल्ला केही मात्र हुन् । तथ्यांकलाई हेर्ने हो भने बलात्कार, चोरी, लागुऔषध, हत्याजस्ता घटनामा बालबालिकाको उपस्थिति उल्लेख्य देखिन्छ । नेपाल प्रहरीको तथ्यांक आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को अनुसार हेर्दा देशभर बालबिज्याईमा क्रमशः ९८७ र ६३७ घटनाहरु दर्ता भएका छन् । जबरजस्ती करणीमा बालबालिकाको सहभागिता डरलाग्दो नेपाल प्रहरीको तथ्यांकका अनुसार आव २०७५/०७६ जबरजस्ती करणीका २८ घटनामा बालबालिकाको सहभागिता देखिन्छ । यसमा पनि सबैभन्दा धेरै प्रदेश १ र प्रदेश ५ मा बालबालिकाको सहभागितामा बलात्कारका घटनाहरु भएको देखिन्छ । तथ्यांकका अनुसार प्रदेश १ मा ६७, प्रदेश २ मा ४५, प्रदेश ३ मा २६, प्रदेश ४ मा ३०, प्रदेश ५ मा ६७, प्रदेश ६ मा २१ र प्रदेश ७ मा २४ घटनाहरु भएका छन् । उपत्यकामा मात्रै ४८ वटा जबरजस्ती करणीका घटनाहरुमा बालबालिकाको सहभागिता रहेको तथ्यांकले देखाउँछ । आव २०७६ ÷०७७ मा जबरजस्ती करणीका ३०५ घटनामा बालबालिकाको सहभागिता भएको तथ्यांकले देखाउँछ । प्रदेश १ मा ५१, प्रदेश २ मा २४, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा २९, प्रदेश ५ मा ६२, कर्णाली प्रदेशमा ३९ र सुदुरपश्चिम प्रदेशमा २० वटा जबरजस्ती करणीका घटनामा बालबालिकाको सहभागिता रहेको छ । त्यस्तै, बलात्कारपछि हत्याका घटनामा पनि बालबालिकाको उत्तिकै सहभागिता देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ७२ वटा जबरजस्ती करणी उद्योगमा (बलात्कार गर्ने प्रयास)मा बालबालिकाको सहभागिता रहेको छ । आव २०७६/०७७ मा ६० वटा बलात्कारको प्रयास भएका घटनाहरुमा बालबालिका संलग्न छन् ।अपराधका विभिन्न घटनामध्ये बालबालिकाको सहभागिता जबरजस्ती करणीमा सबैभन्दा धेरै र जबरजस्ती करणी उद्योगमा दोस्रो देखिन्छ । बहुविवाह, बालविवाह, बोक्सीको आरोप, जातिय छुवाछुत, बालयौन दुराचार, घरेलु हिंसा, अप्राकृतिक मैथुन, चोरीलगायतका विभिन्न शिर्षकका अपराधमध्ये बालबालिको सहभागिता सबैभन्दा धेरै जबरजस्ती करणीमा देखिन्छ । लागुऔषधमा बालबालिकाको सहभागिता बढ्दो आर्थिक वर्ष २०७५/०७६ को तथ्यांकअनुसार लागुऔषध सेवन तथा ओसारपसारमा ४४ घटनाहरुमा बालबालिकाको सहभागिता थियो । आर्थिक वर्ष २०७६/०७७ मा भने सो संख्या ५१ पुगेको देखिन्छ । आव ०७५/०७६ मा प्रदेश १ मा ५, प्रदेश २ मा २४, बागमती प्रदेशमा २, गण्डकी प्रदेशमा २, कर्णाली प्रदेश मा २ र सुदुरपश्चिम प्रदेशमा ६ वटा लागुऔषध सेवन तथा ओसारपसारका घटनामा बालबालिकाको संलग्नता रहेको देखिन्छ । त्यस्तै उपत्यकामा तीनवटा लागुऔषध सेवन तथा ओसारपसारका घटनामा बालबालिकाको सहभागिता रहेको देखिन्छ । आव ०७६/०७७ मा भने यो तथ्यांकमा केही बृद्धि आएको छ । प्रहरी तथ्थांकअनुसार प्रदेश १ मा १२, प्रदेश २ मा २८, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा १ र उपत्यकामा १ लागुऔषधसम्बन्धी अपराधका घटनामा बालबालिका संलग्न रहेको तथ्यांकले देखाउँछ । अपराधमा बालबालिकाको सहभागिता प्रदेश २ मा धेरै प्रहरी तथ्यांकका अनुसार विगत दुई आर्थिक वर्षमा कुल १६२४ बालबिज्याईका घटनाहरु भएका छन् । यी घटनाहरुमध्ये ३५० घटनाहरु प्रदेश २ मा घटेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश २ मा २२० अपराधिक घटनाहरुमा बालबालिकाको संलग्नता देखिएको छ भने आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश २ मा १३० अपराधिक घटनाहरुमा बालबालिकाको सहभागिता रहेको तथ्यांकले देखाउँछ । अन्य प्रदेशको तुलनामा प्रदेश २ मा अभद्र व्यवहार, लागुऔषध सेवन तथा ओसारपसार, बहुविवाह र घरेलु हिंसाका घटनामा बालबालिकाको सहभागिता धेरै रहेको तथ्यांकले देखाउँछ । आव ०७५/०७६ मा बालबालिकाको संलग्नतामा देशभर भएका घरेलु हिंसाका १२९ घटनामध्ये प्रदेश २ मा ५८ वटा उल्लेख छन् । त्यस्तै, उक्त आवमा लागुऔषध सेवन तथा ओसारपसारमा बालबालिका संलग्न भएका ४४ घटनामध्ये २४ घटना प्रदेश २ का थिए । ४५ वटा बहुविवाहका घटनामध्ये १९ बहुविवाह प्रदेश २ मै भएका थिए । आव २०७६/०७७ मा पनि अन्य प्रदेशको तुलनामा बहुविवा, अभद्र व्यवहार, लागुऔषधसम्बन्धी अपराध प्रदेश २ मा बढि देखिन्छन् । अभद्र व्यवहारका कुल ३३ घटनामध्ये १७ वटा, लागु औषधका कुल ५१ घटनामध्ये २८ वटा र बहुविवाहका कुल २३ घटनामध्ये १४ वटा अपराधका घटना प्रदेश २ मा भएका देखिन्छन् ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया