सरकारको समर्थन फिर्ता लिएका होइनौं, मन्त्रीलाई मात्र बोलाएका हौंः प्रवक्ता श्रेष्ठ

एकता प्रयास असफल ब्यूँतिएको नेकपा माओवादी केन्द्रले सरकारबाट आफ्नो समर्थन फिर्ता नदिएको बताएको छ । आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सरकारबाट समर्थन फिर्ता लिनेबारे कुनै निर्णय नभएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले भने, ‘हामीले सरकारको समर्थन फिर्ता लिन निर्णय गरेका होइनौं । आगामी दिनमा यसबारे निर्णय हुनेछ । आजको बैठकले सरकारको समर्थन लिनेबारे केही कुरा उठेको छैन । तर, हाम्रा मन्त्रीलाई भने फिर्ता हुन निर्देशन दिएका छौं ।’ आज विभिन्न ६ वटा कार्यसूची प्रस्तुत गरिएको उनले बताए । प्रदेश र उपत्यका विशेष कमिटीका तर्फबाट रिपोर्टिङ गर्ने काम भएको र भोलीदेखि उक्त कार्यसूचीमाथि छलफल हुने श्रेष्ठले जानकारी दिए । आजको बैठकमा शनिबार भएका निर्णयमाथि नै छलफल गरेको बताए । हाललाई आफ्नो पार्टीको तर्फबाट फिर्ता हुनमात्रै निर्देशन दिने निर्णय भएको तर, सरकारको समर्थन फिर्ता लिने भन्नेबारे कुनै निर्णय नभएको श्रेष्ठले स्पष्ट पारे ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया