बादललगायत मन्त्रीहरुलाई पार्टी परित्याग गरेकोबारे औपचारिक सूचना दिन माओवादीको निर्देशन

नेकपा माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका गृहमन्त्री लगायत अन्य पाँच जना मन्त्रीलाई पार्टी परित्याग गरे/नगरेकोबारे औपचारिक सूचना दिन निर्देशन दिएको छ । शनिबार बसेको बैठकले मन्त्रीबाट फिर्ता बोलाउँदै २४ घण्टे स्पस्टिकरण माग गरेको थियो । आइतबारको केन्द्रीय कमिटी बैठकले पनि शनिबारको निर्णयलाई स्वीकृत गर्दै पार्टी परित्याग गरेकोबारे औपचारिक जानकारी दिन निर्देशन दिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘उहाँहरुले अहिलेसम्म औपचारिक जानकारी गराउनुभएको छैन । त्यसैले हामीले मन्त्रीबाट उहाँहरुलाई फिर्ता बोलाएका हौं । आजको बैठकले पनि उहाँहरु माओवादीमै हुनुहुन्छ वा अन्य कुनै पार्टीमा प्रवेश गरिसक्नुभयो । त्यसको औपचारिक जानकारी दिन निर्देशन दिएका छौं’, बैठकको निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले जानकारी दिए । साथै उनले शनिबार सोधेको २४ घण्टे स्पस्टिकरणको अवधि त सकियो नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पत्र प्राप्त भएको समयले २४ घण्टा तोकेकोले अझै समय बाँकी रहेको बताए । ‘हामीले पत्र प्राप्त भएको मितिले २४ घण्टा तोकेका छौं । अब उहाँहरुले कतिबेला पत्र प्राप्त गर्नुभयो । त्यहाँबाट नै समय गनिन्छ । त्यसैले अझै केही समय बाँकी छ । तोकिएको समयभित्र स्पस्टिकरण नआए प्रक्रिया अघि बढ्छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया