लहान बम बिस्फोटमा ८ घाइते, गम्भीर घाइतेलाई काठमाडौं लगिँदै [अपडेट]

सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो भएको बम विस्फोटमा परी ८ जना घाइते भएका छन्। सिरहा प्रहरीका अनुसार लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयको माथिल्लो तल्लामा दिउँसो १२ः४० बजे कुकरबम विस्फोट भएको हो। विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर घाइते भएका छन्। यस्तै, सेवाग्राहीहरु गोलबजार नगरपालिका–६ की लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी पनि घाइते भएका छन्। गम्भीर घाइते भएका भण्डारी, मगर र यादवको उपचार सप्तऋषि अस्पताल लहानमा भइरहेको छ। जसमध्ये भण्डारीलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिँदै छ। बाँकी सामान्य घाइतेको उपचार लहान अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ। आगो वारुण यन्त्रले तत्कालै निभाएको थियो । बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। एक विज्ञप्ति जारी गर्दै गोइतले तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत उक्त स्थानमा विष्फोट गराएको बताएका छन्।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया