NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

ओलीको निर्णयलाई वैधानिकता नदिन अनुरोध गर्दै माधव नेपालले निर्वाचन आयोगमा पत्र पठाए

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत केन्द्रीय सदस्य नियुक्त गरिएको र अवैधानिक रूपले जिम्मेवारी हेरफेर गरिएको भन्दै नेकपा माधवकुमार नेपाल समूहले त्यसलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ । शुक्रबार प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले एकलौटी रूपमा केन्द्रीय कमिटी बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो । पार्टी एकता भंग भएपछि माओवादी केन्द्रमा फर्किन नचाहेका गृहमन्त्री रामबहादुर थापा सहितका २३ जनालाई केन्द्रीय कमिटीमा ओलीले नियुक्त गरेका थिए । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना स्थायी कमिटी सदस्यले आइतबार आयोगलाई चिठी लेख्दै विधानविपरीत र अवैधानिक तरिकाले भएका निर्णयलाई मान्यता नदिन माग गरेका छन् । ओलीको शुक्रबारको कदमसँगै माओवादीसँग एकताको प्रयास मात्रै होइन, एमालेभित्रै पनि फुटको स्थिति सिर्जना भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष