NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

क्यान इन्फोटेक बैशाखमा

काठमाडौं । यस बर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गते देखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । मेला बैशाख २८ देखि जेठ २ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने छ । कोभिड महामारीका कारण यस वर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् । क्यान मेला प्रवेश टिकटलाई यसबर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैया प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने परिचयपत्रका आधारमा निशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ । यसबर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो । क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तराष्ट्रिय सुचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष