क्रान्तिकारीहरु संसदवादी मूलधारमा छैनन्, प्रधानमन्त्रीले झूट बोल्नु भो : मोहन वैद्य

काठमाडैं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले नेपालका क्रान्तिकारीहरु संसदीय मूलधार आए भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले गलत तथ्य स्थापित गर्न खोजेको दाबी गरेका छन् । आइतबार पार्टीसम्वद्ध जनवर्गीय संगठन तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको समेत उल्लेख गरे । ‘प्रधानमन्त्रीजीले सबै क्रान्तिकारीहरु संसदवादी मूलधारमा आए भन्नुभो । यो सरासर झूट हो । यी क्रान्तिकारीहरु संसदवादी मूलधारमा छैनन्, हामी मुलधारमा छैनौं,’ वैद्ययले भने, ‘विप्लवजीहरुले सम्झौता गर्नेवित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो सुरु भएको छैन ।’ उनले संसदीय व्यवस्थ नै अहिलेको देशको समस्या भएकाले संसदीय यो व्यवस्था आफूहरुलाई मान्य नहुने टिप्पणी गरे । ‘हामी संसदीय व्यवस्थालाई मान्दैनौं यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । प्रधानमन्त्रीले देशमाअब शान्तिको नयाँ युग सुरु भो भन्नुभयो । यो पनि झुट हो,’ वैद्यले प्रश्न गरे, ‘सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिस्ट नामधारीहरु सहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ?’ क्रान्ति गरेपछि मात्रै शान्ति आउने दाबी गर्दै उनले नेपालमा बन्दुक उठाउने बेला आएको पनि संकेत गरे । नेत्रविक्रम चन्द (विप्लव)लाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको प्रशंगमा प्रधानमन्त्री ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मूलधारमा आएको घोषणा गरेकोप्रति वैद्यले आपत्ति जनाएका छन् । महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसीलगायत सर्वहाराको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने धारणा राखे ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया