खनाल–नेपाल पक्षीय ११ शीर्ष नेताको संयुक्त वक्तव्यमार्फत चेतावनी– ओलीको स्वेच्छाचारितालाई पराजित गर्छौं

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीको विधि र पद्धति अनुसार नचलेको जिकिर गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ मा एमालेको केन्द्रीय कमिटीको बैठक भन्दै बालुवाटारमा राखेको आफूपक्षीय गुटको भेलाको कुनै पनि निर्णय नमान्ने पनि खनाल–नेपाल पक्षले बताएको छ । आइतबार खनाल–नेपाल पक्षका ११ सदस्यीय शीर्ष नेताद्वारा हस्ताक्षरित संयुक्त वक्तव्य सार्वजनिक गर्दै उनीहरुले ओलीले नेकपा एकीकरणका बेला आफैंले गरेको सहमति अहिले आएर आफैंले उलंघन गरेको आरोपसमेत लगाएका छन् । वक्तव्यमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र स्थायी समिति सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकन्द न्यौपाने र सुरेन्द्र पाण्डेले सो वक्तव्यमा हस्ताक्षर गरेका छन् । वक्तव्यमार्फत यी नेताहरुले अध्यक्ष ओलीका स्वेच्छाचारी निर्णयहरुलाई पराजित गर्दै एमालेलाई एकतावद्ध बनाउनमा आफूहरुको जोड रहेको धारणा सार्वजनिक गरेका छन् ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया